शान्ति समाजद्वारा थप दुई श्रष्टा सम्मान: सौगात पुरस्कार स्थापना


काठमाडौं ।

मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत मानवबहादुर रावल वातावरण श्रष्टा सम्मान र पद्यप्रसाद दाहाल श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।

यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. मानबहादुर रावल (तानसेन,पाल्पा)का छोरा मानव अधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले रु. २ लाख र स्व. पद्यप्रसाद दाहाल (मादी, संखुवासभा)का नातिनि तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने हुनुभएको छ ।

यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी प्रदान गरिने छ । यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १३ पुगेको छ ।