वैज्ञानिक वन व्यवस्थापन प्रतिनिधिमण्डल उपसभापति निधि भेटघाट


काठमाडौं । 
वैज्ञानिक वन व्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघले वैज्ञानिक वन कार्यबिधि तत्काल बहाली गराउन लागि सहजीकरण गर्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको ध्यानाकर्षण गराएको छ ।

नयाँ बानेश्वरस्थित उपसभापतिनिधिको सम्पर्क कार्यालयमा बुधबार भेटेर महासंघका अध्यक्ष रेनु सेनले कार्यबिधि तत्काल बहाली गर्न आग्रह गरेकी हुन । भेटमा उपसभापतिनिधिले बैज्ञानिक वन कार्यविधि वहाली गराउन आफ्नो तर्फबाट पहल गर्ने बताए ।पूर्वबर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवाका भरमा निजी स्वार्थका लागि बैज्ञानिक वन कार्यबिधि खारेज गरेको थिया।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बैज्ञानिक वन कार्यबिधि २०७१ जारी गरिएको थिया। तर ओली सरकारले सामुदायिक वन उपभोक्ता महासंघको दबाबमा २०७७ जेठ १५ माकार्यबिधि खारेज गरेको थियो । प्रतिनिधिमण्डमा महासंघका जयप्रकाश पाण्डे, डिल्लीराज रेग्मी, पदमलाल अधिकारी, हरिकला थारु र गौरीशंकर तिमला रहेका थिए।

यस अघि, नेपाल संस्थागत विद्यालय शिक्षक संघ(निष्टा) का अध्यक्ष भोला चालिसेको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले संस्थागत विद्यालय शिक्षक संघका समस्यासहित संस्थागत मान्यताका लागि उपसभापतिनिधिको ध्यानाकर्षण गराएको थियो। निधिले यस बिषयलाई आफूले गम्भीरतापूर्बक लिएको बताएका थिए।