थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१२ जनाको पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।