जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लव भवनको शिलान्यास


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगररपालिका वडा नम्वर २०मा निर्माण हुन लागेको जनसेवा सामुदायिक केन्द्र र स्थानीय नवयुवा क्लव भवनको शिलान्यास भएको छ ।काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उक्त भवनको शिलान्यास गर्नु भएको थियो । यस अघि नवयुवा क्लवले प्रयोग गर्दै आएको भवन जीर्ण भएपछि काठमाडौ महानगरपालिकाले जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लवले प्रयोग गर्ने गरी उक्त भवन निर्माण गरेको हो ।

स्थानीय समाजसेवी दिलकृष्ण खड्गीको अग्रसरतामा उक्त भवन निर्माणले गति लिएको थियो । काठमाडौ महानगरपालिकाले १ करोड ४४ लाख २७ हजार ३सय १० रुपिया उपलब्ध गराउने भएको छ ।उक्त भवनको निर्माणको जिम्मा र्सिजना गौतम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लिएको छ । २०७९ साल साउन महिना भित्र भवन निर्माण सम्पन्न गर्ने गरी संझौता भएको खड्गीले जानकारी दिनुभयो ।

भवन शिलान्यासपछि बोल्दै मेयर शाक्यले स्थानीय सम्पदाको संरक्षण र बिकास निर्माणको कामलाई काठमाडौ महानगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।कार्यक्रममा काठमाडौ महानरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, लगायतको उपस्थिती रहेको थियो ।