तालिबानको समर्थनमा अफ्रिदी


नयाँदिल्ली, (एजेन्सी) ।

तालिबानले अफगानिस्तानमा सत्ता हासिल गरेपछि पाकिस्तानका केही खेलाडीले यसबारे आफ्नो राय राखेका छन् । यसमध्ये क्रिकेटर शाहिद अफ्रिदीले तालिबानको समर्थन गरेको मिडियालाई बताए । उनले भनेका थिए—यसपटक उनीहरू सकारात्मक सोचका साथ आएका छन् । उनीहरूले कयौं क्षेत्रमा महिलालाई काम गर्न अनुमति दिइरहेका छन् । यसमा राजनीति पनि सामेल छ ।

अफ्रिदीले तालिबानहरूलाई क्रिकेट एकदमै मन परेको पनि बताए । यो खेललाई अफगानिस्तानमा खेल्न दिनेमा उनी ढुक्क भएको पनि बताए । तर, तालिबानहरूले अफगानिस्तान क्रिकेट बोर्डमाथि कब्जा गरेका छन् । राशिद खान, मोहम्मद नाबीजस्ता चर्चित क्रिकेटरहरूले आफ्ना परिवारको सुरक्षालाई लिएर चिन्ता भएको बताएका छन् ।