विलियनले आर्सनल छाडे


लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग क्लब आर्सनलसँग सम्झौता बाँकी रहँदै ब्राजिलियन विंगर विलियनले टोली छाडेका छन् ।

गत समर तीन वर्षको सम्झौतासहित फ्री ट्रान्सफरमा चेल्सीबाट आर्सनल भित्रिएका ३३ वर्षीय विलियनले सम्झौताअनुसार दुई वर्ष बाँकी रहँदै आर्सनल छाडेको जनाइएको छ । ब्राजिलियन क्लब कोरिनथियन्समा अनुबन्ध हुने भएपछि उनले आर्सनलसँगको सहमतिमै क्लब छाडेको बताइएको छ ।

कोरिनथियन्स उनको पूर्वक्लबसमेत हो । गत सिजन आर्सनलका लागि सबै प्रतियोगिता गरी ३७ म्याच खेलका विलियनले एक गोल गरेका थिए । आर्सनल छाडेका उनले आफ्ना क्लब समर्थकहरूसँग भने माफी मागेका छन् ।