यूएस ओपनमा ओसाकाको विजयी शुरुआत


लन्डन, (एजेन्सी) ।

जापानकी नाओमी ओसाकाले वर्षमा हुने चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनमा विजयी शुरुआत गरेकी छन् ।
विश्व नम्बर तीन ओसाकाले मंगलबार भएको खेलमा चेक रिपब्लिककी मेरी बोजकोभालाई ६–४, ६–१ को सेटमा पराजित गरेकी हुन् । ओसाकाले अर्को चरणमा विश्वको १४५औं वरीयता प्राप्त सर्बियाकी ओल्गा डेनिलोभिकसँग खेल्नेछिन् ।

यसअघि, ओसाकाले आफ्नो स्वास्थ्यमा केही समस्या आएको जनाउँदै जुनमा विम्बल्डन टेनिसबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् । त्यसपछि उनले टोक्यो ओलम्पिक भने खेलेकी थिइन् । तर, टोक्योमा उनी तेस्रो चरणबाट बाहिरिएकी थिइन् । मंगलबार नै भएका अन्य खेलहरूमा कसटकिना, जिदानसेक, सबालेन्का र ग्राममाती कोपोलोउले जित हासिल गर्दै अर्को चरणमा स्थान पक्का गरे ।