पलेशाले शुक्रबार प्रतिस्पर्धा गर्दै


नेपाल समाचारपत्र, काठमाडौं ।

टोक्योमा जारी पाराओलम्पिक गेम्स २०२० मा नेपालको तर्फबाट प्रतिनिधि गरेकी एक मात्र खेलाडी पलेशा गोवद्र्धनले शुक्रबार प्रतिस्पर्धा गर्ने भएकी छन् ।

पारा तेक्वान्दोतर्फ पलेशाले पहिलो चरणमा बेलायतकी बेथ मुन्रोसँग खेल्नेछिन् । महिला के ४४ विधाको ५८ केजी तौल समूहमा कुल ११ खेलाडीले सहभागिता जनाएका छन् । यसमध्ये ५ खेलाडीले सीधै क्वार्टरफाइनलको यात्रा तय गरिसकेका छन् । पलेशासहित ६ खेलाडीले अन्तिम ८ मा पुग्न प्रतिस्पर्धा गर्नुपरेको हो ।