बागमतीका १२ सांसद माधव नेपालको पार्टीमा


न्युज अफ नेपाल, काठमाडौं ।

वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर १२ सांसदले समाजवादीमा रहेको भन्दै सनाखत गरेका हुन् ।१२ जना सांसदले नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यो सँगै उनले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भई सनाखत गर्नेमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले सनाखत गरेका हुन् ।