म्याथ्युज एट्लेटिकोमा अनुबन्धित


मेड्रिड, (एजेन्सी) ।

स्पेनिस क्लब एट्लेटिको मेड्रिडले ब्राजिलका फरवार्ड म्याथ्युज कुन्हालाई अनुबन्ध गरेको छ ।

कुन्हा जर्मन क्लब हर्था बर्लिनबाट बुधबार एट्लेटिको मेड्रिडमा अनुबन्धित भएका हुन् । कुन्हाले एट्लेटिकोसँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । फियोरेन्टिनाका डुसान भ्लाहोभिकसँग सहमति हुन नसकेपछि एट्लेटिकोले कुन्हालाई अनुबन्धित गरेको हो ।

कुन्हाले ब्राजिलियन यु–२३ टिमबाट जापानमा भएको टोकियो ओलम्पिकमा पुरुष पुटबलमा स्वर्ण जितेका थिए । २२ वर्गीय कुन्हा भर्सटायल खेलाडी हुन् । उनी स्ट्राइकर, विंगर देखि अट्याकिङ मिडफिल्डरको रूपमा समेत खेल्न सक्छन् । कोरिटिबा एकेडेमीको उत्पादन कुन्हाले सन् २०१७ मा १८ वर्षको उमेरमा स्विस क्लब सिओनमा अनुबन्ध भएका थिए । त्यसपछि उनी जर्मन क्लब आरबी लेइप्जिग हुँदै हर्था बर्लिन पुगेका थिए ।