हेटौंडामा स्पोर्ट्स एकेडेमी


हेटौंडा, (नेस) ।

हेटौंडाका विभिन्न वडास्तरमा मदन भण्डारी स्पोर्ट्स् एकेडेमी गठन गर्ने क्रम थालिएको छ । ७ नम्बर वडा कमिटी गठन गरिएको हो ।

भेलाले कृष्ण थापामगरको अध्यक्षतामा एकेडेमीको वडा कमिटी गठन गरेको हो । राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटी अध्यक्ष प्रेम चौंलागाईको सभाध्यक्षतामा भएको भेलाले थापामगरको नेतृत्वमा १४ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

एकेडेमी उपाध्यक्षमा सरोज रिजाल, सचिव रिता तिमल्सिना, सहसचिवमा सुप्रिम थापा, कोषाध्यक्षमा जीवन कार्की चयन भएका छन् । सदस्यहरूमा सञ्जीव घलान, सुशीला महत, कुसुम पाख्रिन, उमेश थापा, विक्रम बस्नेत, सागर फुया“ल, लक्ष्मण ढकाल, नवराज त्रिपाठी, राजु भोम्जन, सुदीप लामालगायत चयन भएका छन् ।