दर्शक र खेलाडीबीच लात र घुस्सा चल्यो


पेरिस, (एजेन्सी।) 

फ्रेन्च वान लिगअन्तर्गत् आइतबार मार्सेली र निसबीचको खेलमा दर्शक र खेलाडीबीच झगडा भएको छ । दर्शक मैदानमा पुगेर खेलाडीसँग लात र घुस्सा चलाएका थिए । दर्शकले खेलाडीमाथि बोटल पनि फ्याँकेका थिए । एलियाज रिभिएरा रंगशालामा भएको खेलको ७६औं मिनेटमा उक्त घटना घटेको थियो । उक्त समयसम्म निस १–० ले अघि थियो ।

नीसका समर्थकले मार्सेलीका खेलाडी दिमित्री पायेटले कर्नर हान्न लाग्दा उनीमाथि बोटल फ्याँकेका थिए । यसपछि पायेटले पनि यसको जवाफमा बोटल नीसका समर्थकमाथि फँयाकिदिए । पायेटले बोटल फ्याकेसँगै नीसका समर्थकलाई रिस उठ्यो र मैदानमा आएर खेलाडीमाथि नै हमला गर्न पुगेका थिए ।

समर्थक मैदानमा पसेपछि त्यहाँ रहेका सुरक्षा गार्डले उनीहरूलाई रोक्न कोसिस गरे तर, उनीहरू सफल भएनन् । निसका समर्थक र खेलाडीबीच ठूलो विवाद भयो र लात, घुस्सा चल्न थालेको थियो । यसपछि मार्सेलीको टिमले सुरक्षाको कारण देखाउँदै खेल पुनः सञ्चालन गर्न अस्वीकार गरेको थियो र खेल रद्द हुन पुगेको थियो ।

उक्त घटनापछि दुवै टिमका अध्यक्षहरू एक अर्कामाथि आरोप लगाएर अर्को विवाद निकालेका थिए । निसका अध्यक्ष जिन पिएराले मार्सेलीमाथि खेल पुनः सञ्चालन हुन नदिएको आरोप लगाएका थिए । उनले बताए कि मार्सेली खेल सुचारु गर्न चाहेको थिएन । त्यही मार्सेलीका अध्यक्ष पाब्लाले लोन्गोरियाले बताए कि खेलाडीमाथि आक्रमण भएको छ ।

लन्गोरियाले बताए–‘रेफ्री हाम्रो साथ थिए । रेफ्री पनि सुरक्षालाई लिएर डराएका थिए, यसैले खेल पुनः सञ्चालन हुन नसकेको हो ।’