नेपालमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइने


काठमाडौं, (नेस) ।

नेपाल बक्सिङ संघले अगस्ट २७ मा अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा नेपालमा पनि मनाउने भएको छ ।

नेपाल बक्सिङ संघको आगामी अगस्ट २७ मा अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरी मनाउने भएको हो । संघले जिल्लाका खेलाडी तथा प्रशिक्षकलाई समेत सम्मिलित गराई नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बक्सिङ डे मनाउन अनुरोध गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विश्व बक्सिङको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) ले १९७४ मा क्युवाको हवानामा भएको प्रथम आईबा वल्र्ड च्याम्पियनसिपको मितिलाई आधार मानेर अगस्ट २७ मा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउन हरेक राष्ट्रिय संघहरूलाई आह्वान गरेअनुसार नेपाल बक्सिङ संघले पनि उक्त दिन विविध कार्यक्रमहरू गरी मनाउन लागेको हो । जसका लागि संघ मातहतका खेलाडी, प्रशिक्षकहरू, संघहरूले आ–आफ्नै तरिकाले कार्यक्रमहरू सञ्चालन गरी बक्सिङ खेलको विकास र प्रवद्र्धनका लागि हरेक शहर, गाउँ, समुदाय र टोल टोलमा पुर्‍याउने उद्देश्यले लिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउनका लागि सबै खेलाडी, प्रशिक्षक एवं संघका पदाधिकारीहरूले यो साताभित्र २० देखि ४० सेकेन्डसम्मको स्याडो बक्सिङको भिडियो खिच्न आह्वान गरिएको छ । उक्त भिडियोको अन्तिममा आफ्नो अनुहार प्रष्ट देखिने गरी ‘वी आर फेस अफ बक्सिङ’ बोलेर इन्स्टग्रामको @abin_offical मा ट्याग गरी विश्वव्यापी स्याडो बक्सिङ इभेन्टमा सहभागी हुन अनुरोध गरिएको छ । जसमध्ये उत्कृट भिडियोलाई २० जोर बक्सिङ ग्लोभ्स उपहारस्वरूप प्रदान गरिनेसमेत जनाएको छ ।