फ्लोरेन्जी एसी मिलानमा

0
Shares

रोम, (एजेन्सी) ।

इटालियन क्लब एसी मिलानले डिफेन्डर एलेसान्ड्रो फ्लोरेन्जीलाई अनुबन्ध गरेको छ ।

मिलानले सिरी ए प्रतिद्वन्द्वी रोमाबाट लोनमा फ्लोरेन्जीलाई अनुबन्ध गरेको हो । राइट ब्याक फ्लोरेन्जीलाई एक सिजनको लागि मिलानले लोनमा अनुबन्ध गरेको हो । इटालियन डिफेन्डर गत सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा खेलेका थिए । पीएसजीका लागि उनले २१ लिग वन खेलमा २ गोल गरेका थिए ।

३० वर्षीय डिफेन्डर इटालीको युरो २०२० टिममा रहेका थिए । इटालीले युरोकपको उपाधि जित्दा उनले दुई खेल खेलेका थिए । उनले इटालीको राष्ट्रिय टिमबाट ४५ क्याप जितेका छन् ।