साना किसान सहकारी : ग्रामीण विकासको अस्त्र


अमृत अर्याल, स्याङ्जा ।

सहरी क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र बदनाम हुन थालेको बेला ग्रामीण क्षेत्रमा संचालित साना किसान कृषि सहकारी संस्थाहरुले भने ग्रामीण आर्थिक तथा सामाजिक विकासका लागि उपस्थिती देखाउन थालेका छन् । कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने मुल उद्देश्य लिएर स्थापना भएका संस्थाहरुले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, विउँ, प्राविधिक सेवा, बजार व्यवस्थापनका साथै सामाजिक क्षेत्रमा विद्यालय संचालन, स्वास्थ्य सेवा, लैंगिक समानता, उत्पिडित वर्गको उत्थानलगायतका काममा भूमिका खेल्न थालेका छन् ।

साना किसान सहकारी अभियानको ईतिहास धेरै पुरानो छैन । तत्कालिन सरकारले खोलेका साझा सहकारी संस्थाहरूले प्रभावकारी काम गर्न नसकेपछि गाउँका कृषकलाई वित्तीय सेवा पुर्‍याउन कृषि विकास बैंकले ०३२ सालमा साना किसान विकास आयोजना कार्यक्रम सुरु गरेको हो । सहकारी ऐन ०४८ अनुसार फरक परिवारका २५ जना मिलेर सहकारी संस्था गठन गर्न सकिने व्यवस्था रहेको छ । सहकारीबारे नबुझीकन अर्काले गरेर देखेको आधारमा जो सुकैले सहकारी दर्ता गर्दा यस क्षेत्रमा विकृती पनि उस्तै छ । तर साना किसान सहकारीहरुले भने दर्तादेखि नै कडाई गरेर लगेका छन् । सहकारी बदनाम भइरहेका बेला साना किसान सहकारीहरुले भने उदाहरणीय काम गरेका छन् । कृषि उत्पादन, प्रसोधन, बजारीकरण, भ्यालु चेनमा सहकारीको योगदान महत्वपूर्ण रहेको छ ।

यसबाहेक पनि साना किसान सहकारीहरुले ग्रामीण क्षेत्रमा विभिन्न उदाहरणीय काम गरेका छन् । संस्थाहरुले वित्तीय सेवाका अतिरिक्त सामाजिक उत्थान र व्यवसायीक कृयाकलाप अघि बढाउदै आएका छन् । संघका अनुसार संस्थाहरुले एक गाउँ एक उत्पादन, अग्र्यानिक बाली उत्पादन, सहकारी खेती÷व्यवसाय, सामुदायिक सिचाई, कृषि पर्यटन, कृषि उपजको खरिद बिक्री, बजारको व्यवस्था, कृषि समाग्रीको बेचबिखन, उपभोक्ता भण्डार डिपार्टमेन्ट स्टोर संचालन गर्दै आएका छन् । यसैगरी कृषि प्रशोधन उद्योग, मुल्य श्रृंखला, मह प्रशोधन, पशुपालन, पशु सुरक्षा कार्यक्रम, सामुदायिक बन तथा बैकल्पिक उर्जा कार्यक्रम लैंगिक ससक्तीकरण, पिछडिएका वर्गलाई सामाजिक मुल प्रवाहमा समावेश गराउने कार्यक्रम संचालन गर्दै आएका छन् ।

यसै क्रममा पूर्व कृषि तथा पशुपंक्षी मन्त्री पद्मा कुमारी अर्यालले विदेशीको इसारामा आफ्नै पार्टीका नेताले आफ्नै पार्टीलाई सिध्याउन लागि परेको आरोप लगाउनु भएको छ । वालिङ साना किसान कृषि सहकारी संस्थाले गरेको अनुदान सामाग्री तथा खर्च सार्वजनिकीकरण कार्याक्रममा बोल्दै मन्त्री अर्यालले केपी ओली सरकारको लोकप्रिय कामले प्रतिपक्ष दलले खुट्टा कमाइ सकेको अवस्थामा प्रतिपक्ष दल र विदेशी शक्तिको इसाराले यो परिस्थिति सृजना भएको मन्त्री अर्यालको भनाइ थियो । जनताको मतको कदर गर्दे चुच्चे नक्सा, रेलमार्ग, सुरुङ मार्ग, कोरोना भ्याक्सीन लगाएत अन्य जनमुखी काम गर्दे आइरहेको सरकारलाइ यो परिस्थितिमा पुर्‍याउनुमा कस्को कति दोष भन्ने कुरा जनताले मनन् गरिसकेकाले ती पात्रहरुलाइ निकटम भविष्यमा महङगो पर्ने मन्त्री अर्यालको दाबी थियो । आफु भुमी व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालयमा रहदा छुट्याएको बजेटको हिसाब किताब आम सर्बसाधरण सामु पेश गर्ने वालिङ साना किसान कृषि सहकारी संस्थालाइ धन्यवाद प्रकट गर्दे अन्य सहकारीहरुले पनि यस्तो कामको अनुसरण गर्नु पर्ने मन्त्री अर्यालको भनाइ थियो ।

वालिङ साना किसान कृषि सहकारी संस्थाले भुमी व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय बाट आएको सत्तरी लाख र सहकारीको बाह्र लाख गरि बहत्तर लाखको कार्यक्रम गरेको थियो । सहकारीले बहत्तर लाख मध्ये एक डेरीको स्थापना, एक सय पच्चिस टनेल, दुइ वटा नर्सरी टनेल, छ वटा हाते ट्याक्टर, छ वटा मिल, कुखुराको चल्ला, सिपमूलक तालिम र फलफुल विरुवा वितरण गरेको संस्थाकी अध्यक्ष सिता डुम्रेको भनाइ छ ।