राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा


न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शितल निवास गएको बताएका छन् । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।