विमला वली र अजय शाहीलाई पदमुक्त गर्न एमालेले सभामुखलाई बुझायो पत्र


न्युज अफ नेपाल, रुपन्देही । 

प्रदेश सरकारमा बिना विभागीय मन्त्री अजय शाही र सांसद् विमला वली खत्रीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला वलीले पार्टीको विधान र संसदीय दलको विधान नियमविपरीत र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको जानकारी दिए ।