साेमबार थप ३४५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु


न्युज अफ नेपाल , काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५६६ र ५ हजार ५१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ४५८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।