काभ्रेपलाञ्चोकमा आत्महत्या गर्ने क्रम बढ्यो

10.6k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

जघन्य अपराध आत्महत्यामा बालबालिकाहरुको संख्या बढन थालेको छ । प्रविधिको तिब्र विकाससँगै प्रेममा असफल, नैराश्यता, मानसिक असन्तुलन, दिर्घरोग, गरिवी, घरेलु हिंसाका कारण दैनिक आत्महत्या गर्नेहरुको संख्या बढेको छ । अघिल्ला दुई वर्षको तथ्याङ्कमा बालबालिकाहरु आत्महत्यामा थपिएका छन् । तीन वर्षमा जिल्लामा ३ सय ७४ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् । त्यस मध्ये बालबालिकाहरु २२ जना छन् ।

आर्थिक वर्ष २०७६/२०७७ मा रोशी गाउँपालिका ४ घर भएका ९ बर्षिय बालकले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७७/२०७८ मा मेच्छे ८ तेमाल घर भएकी १३ बर्षिया मनिता रायले धुलिखेल ८ मा बैशाख ५ गते झुण्डिएर आत्महत्या गरिन् । भुम्लु ८ कि सलिना कर्माचार्यले असार ७ गते झुण्डिएर आत्महत्या गरिन् । नमोबुद्ध ३ मा ११ बर्षिय बालकले आफुले भनेको विद्यालय र कक्षामा शिक्षकले भर्ना नगरिदिएको भन्दै आत्महत्या गरे । १६ वर्ष कम उमेरका ७ जनाले ज्यान फालेका छन् । परिवार र आफन्तसँग सामान्य कुराले असहमति राखेका बालबालिकाहरुले ज्यान दिन थालेका छन् ।

आत्महत्या गर्नेमा ९ बर्षिय बालक देखि ८७ बर्षिय जेष्ठ नागरिकसम्म छन् । काभ्रेपलाञ्चोक जिल्लामा तीन वर्षमा ३ सय ७४ जनाले आत्महत्या गरेका छन् । गरिवीका कारण ७८ जनाले आत्महत्या गरे ।

बालबालिकाहरु तथा अन्य उमेर समुहका नागरिकहरुले गर्ने आत्महत्या रोक्न प्रहरीले अन्र्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको छ । जिल्लामा अघिल्लो आर्थिक वर्ष १ सय ३६ जनाले आत्महत्या गरेका छन् । त्यो भन्दा अघिको वर्षमा पनि १ सय ३६ जना र आर्थिक वर्ष २०७५/२०७६ मा १ सय २ जना गरी ३ सय ७४ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जिल्लाका विभिन्न अपराध मध्ये आत्महत्या समस्याका रुपमा देखिएको बताउनु भयो । आत्महत्या न्युनिकरणका लागि सबै पक्ष सक्रिय हुनु पर्नेमा खत्रीको जोड छ । तीन वर्षको तथ्याङ्कीय विश्लेषणमा प्रहरीले वर्षभरीमा साउन महिना धेरै आत्महत्या गर्ने महिनाका रुपमा प्रूस्तुत गरेको छ ।

– जिल्लामा गरिवीका कारण आत्महत्या गर्नेहरुको संख्या पनि छ । गरिवीकै कारण आत्महत्या गर्नेहरु ७८ जना छन् । दिर्घरोगीहरु ६९, प्रेममा असफल भएकाहरु ३८, नैराश्यताका कारण १ सय ३५, मानसिक असन्तुलन ३१ र घरेलु हिंसाको शिकार भएकाहरु २३ जनाले आत्महत्या गरेका छन् । कोभिड १९ तथा अन्य विभिन्न कारण ब्यक्तिहरुमा नैराश्यता बढेको छ ।

– प्रहरीले तयार गरेको तथ्याङ्कमा सबै भन्दा धेरै १ सय ९१ जना जनजाति समुदायका ब्यक्तिहरुले आत्महत्या गरेका छन् । क्षेत्री समुदायका ८०, बाहुन ५० र दलित ५३ जनाले आत्महत्या गरेका छन् ।

– १६ वर्ष मुनीका १६ जना, १६– २५ वर्ष उमेर समुहका ७६, २६–३५ उमेर समुहका ८१, ३६–४५ उमेर समुहका ८६, ४६–६० उमेर समुहका ८२ र ६० वर्ष भन्दा माथी उमेर समुहका ३३ जनाले आत्महत्या गरेका छन् । ८० वर्ष उमेर समुह माथीका १५ जनाले आत्महत्या गरेका छन् ।

साउन महिनामा तीन वर्षमा ४४ जनाले आत्महत्या गरेका छन् । भाद्र महिनामा ३२, असोजमा २९, कार्तिक २७, मसिंर ३३, पुष २४, माघ २०, फागुन ३२, चैत्र ३३, बैशाख ३९, जेष्ठ २७, असारमा ३४ जनाले आत्महत्या गरेका छन् । प्रहरीले तयार गरेको तथ्याङ्कमा सबै भन्दा धेरै १ सय ९१ जना जनजाति समुदायका ब्यक्तिहरुले आत्महत्या गरेका छन् । क्षेत्री समुदायका ८०, बाहुन ५० र दलित ५३ जनाले आत्महत्या गरेका छन् । जेष्ठ नागरिक ८८ बर्षिया ज्याबारानी तामाङले परिवारको असहयोग र बोझका कारण रोशी गाउँपालिका ७ मैतेडाँडा नजिकै जंगलमा पुगेर २०७७ फागुन ४ गते आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा निरक्षर भन्दा धेरै साधारण लेखपढ गर्नेहरु छन् ।

२२ जना निरक्षरले आत्महत्या गरेका छन् भने २ सय ५३ जना साधारण लेखपढ गर्न जान्ने र एसएलसी भन्दा माथी अध्ययन गरेका ९९ जनाले आत्महत्या गरेका छन् । मर्नेहरु मध्ये विष खाएर १ सय २२ र झुण्डीएर २ सय ५२ जनाले आत्महत्या गरेका छन् ।
उमेर समुह अनुसार १६ वर्ष मुनीका १६ जना, १६– २५ वर्ष उमेर समुहका ७६, २६–३५ उमेर समुहका ८१, ३६–४५ उमेर समुहका ८६, ४६–६० उमेर समुहका ८२ र ६० वर्ष भन्दा माथी उमेर समुहका ३३ जना रहेका छन् ।

८० वर्ष उमेर समुह माथीका १५ जनाले आत्महत्या गरेका छन् । घर परिवारको बोझ भएको महसुस भएपछि जेष्ठ नागरिकहरुले आफुलाई हत्या गरेका हुन् । जिल्लामा गरिवीका कारण आत्महत्या गर्नेहरुको संख्या पनि छ । गरिवीकै कारण आत्महत्या गर्नेहरु ७८ जना छन् । दिर्घरोगीहरु ६९, प्रेममा असफल भएकाहरु ३८, नैराश्यताका कारण १ सय ३५, मानसिक असन्तुलन ३१ र घरेलु हिंसाको शिकार भएकाहरु २३ जनाले आत्महत्या गरेका छन् ।

कोभिड १९ तथा अन्य विभिन्न कारण ब्यक्तिहरुमा नैराश्यता बढेको छ । आत्महत्या गर्नेहरुमा पुरुष २ सय ६, महिला १ सय ४६, बालक ७, बालिका १५ रहेका छन् । प्रहरीले तयार गरेको तथ्याङ्कमा नोकरीमा रहेका १०, कृषी पेशामा रहेका १ सय ८९, ब्यापारी १३, विद्यार्थी ६७, अन्य ९५ जनाले ज्यान गुमाएका छन् । प्रहरीले बारको आधारमा, समयको आधारमा पनि आत्महत्या गर्नेहरुको तथ्याङ्क तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार बालबालिका र जेष्ठ नागरिकहरु आत्महत्या गर्ने क्रम बढेको छ । जिल्लामा दैनिकजसो आत्महत्याका घटनाले नागरिकहरुमा बढिरहेको नैराश्यता कम गर्न सरोकारवाला निकायले कदम चाल्नु पर्ने उहाँले बताउनु भयो । विवाह गरेका २ सय ८७ जनाले ज्यान गुमाएका छन् भने अविवाहिक ८७ जना रहेका छन् । अविवाहित भन्दा विवाहित नागरिकहरु धेरैले ज्यान गुमाएका छन् ।