ललितपुरबाट फरार प्रतिवादी पक्राउ



काठमाडौ (नेस) ।

२०६२ साल पुस ६ गते कलंकीस्थित डेरामा एक महिलालाई लागो लगाएर फरार भएका शिबजी भन्ने ग बहादुर खत्रीलाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
कलंकी डेरागरी बस्ने भगवती लामा अधिकारीलाई कोठामा थुनेर लागो लगाएर खत्री फरार भएका थिए । छोरीको हत्यामा संलग्न रहेका खत्रीलाई कारवाहीको माग गर्दै इन्द्रबहादुर अधिकारीले प्रहरीमा जाहेरी दिएका थिए ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले खत्रीलाई ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाङगस्थलीबाट पक्राउ गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्