दिक्तेलबजारको कच्ची सडकमा दोश्रो चरणको ढलान सुरु



रामधन राई, खोटाङ  । 

साउन–२८,खोटाङस्थित प्रमुखब्यापारिक केन्द्र दिक्तेलबजारको कच्चीसडकमा दोश्रो चरणको ढलान कार्य अघि बढाईएको छ । गतबर्ष ढलान गर्न बाँकी रहेकासिचाईँ गेटदेखि नेपाल टेलिकमसम्म७ सय ६४ घनमिटर सडक ढलान र ४ सय ५३ घनमिटर ग्याभिङ वालको कार्य अघि बढाईएको हो ।

कोरोना महामारीकै समयमास्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य अपनाउने गरी निर्माणकार्य अघि बढाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।सघन शहरी विकास तथा भवननिर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख लागतमा साउन २६ गते सुरु गरिएको ढलान कार्य कोरोनाको कारण नरोकिने जनाईएको छ । सुर्य विकास जेभी लाहानले २०७८ मङ्सिर मसान्तमा निर्माण सम्पन्नगर्ने गरि २०७८ असार ९ गते उक्तकार्यको सम्झौता गरेको थियो ।

नियमित रुपमा अनुगम नगर्दा गुणस्तर यूक्त र स्टिमेट बमोजिम काम नभएको पाईए तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउने नगरप्रमुख रिजालको भनाई छ ।गत आर्थिक वर्ष दिक्तेल बजारस्थित रत्नपार्कको किरातचोक देखि सिचाइँ गेटसम्म आर सिसी ढलान गरिएको थियो । उक्त सडक खण्ड ढलानको काम गुणस्तरही नभएको भन्दै दिक्तेल बजारबासीले असन्तुष्टी जनाएका थिए ।यस्तै, त्रिबेणीचोकदेखि मालपोत कार्यालय अगाडिसम्म र पुरानो बैङ्कचोकदेखि झिसेपु मन्दिर जाने सडक खण्ड यसअघि नै सम्पन्नभएर सञ्चालनमा आएको छ । बजार क्षेत्र भित्रैको कच्ची सडक बर्षयाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्