सरकारले नागरिकमा छाएको निरासा चिर्ने गरी काम गर्नुपर्छ: कांग्रेस नेता सिंह


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले नागरिकमा राजनीतिप्रति छाएको निरासा चिर्ने गरी काम गरेर देखाउनु पर्ने बताउनुभएको छ ।आज भक्तपुरको मध्यपुर नगरपालिका वडा नं ३ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता सिंहले कुनै दलले पनि जनताले दिएको म्याण्डेटको अपमान गर्न नहुने बताउनुभयो ।

नेता सिंहले जनप्रतिनिधि जनता र मुलुक प्रति उत्तरदायी हुनु पर्ने भन्दै जन प्रतिनिधिले गर्ने व्यवहार लाई नागरिकले उच्च महत्वको साथ हेरिरहेका हुनाले जन प्रतिनिधिको गतिविधिले जनताको राजनीतिकर्मी माथिको धारणा बन्ने बिचार ब्यक्त गर्नुभयो ।उहाँले जनमत र बिधिको शासनको उपहास गर्दा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको बताउनुभयो ।नेता सिंहले ओलीमा बढेको अहंताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेको बताउँदै उहाँको भनाई र गराईमा फरक रहेको बिचार ब्यक्त गर्नुभयो ।

सिंहले आफ्नो शासन कालमा के कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्न समेत ओलीलाई आग्रह गर्दै दुईतिहाईको ओली सरकार बालुवाटारबाट बालकोट पुगेको दृष्टान्तबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो ।ओलीले सर्वसत्तावादी सोच पाली म नै विधि म नै कानु मैले जे गरेपनि हुन्छ भन्ने ब्यबहारले गर्दा ओलीको सत्ता बर्हिगमन भएको भन्दै संविधान र कानुन भन्दा माथि कोही पनि नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नपाका प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिाका गतिबिधि माथि प्रकाश पार्नु भयो ।नेपाली काँग्रेसका नेता अष्ट कबेले भवनमा छिट्टै सर्वोच्च नेता गणेशमान र भक्तपुरबाट पहिलो पटक सांसदमा निर्वाचित भएर मन्त्री भएका भुमिसुधारबादी कांग्रेस नेता जगन्नाथ आचार्यको शालिक राखिने वताउनुभयो ।कार्यपालिका सदस्य बिनु केसीको स्वागत मन्तब्य बाट सुरू भएको उक्त कार्यक्रममा मध्यपुर नपाको उपमेयर अन्जना मधिकर्मिले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वडा नं तीनका वडाअध्यक्ष प्रेम कुटुले गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रबृति कोष स्थापनाको लागी आफुले पाँच बर्षमा नगरपालिकाबाट पाउने पारिश्रमिक अक्षय कोषमा जम्मा गर्ने घोषणा गर्नु भयो । रु एक करोड उनान्चालिस लाख रुपैँयाको लागतमा निर्मित भवन कोरोना कहर कै बिच निर्माण सम्पन्न भएको हो ।