रेलवे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा


न्युज अफ नेपाल,  काठमाडौं । 

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्। आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए ।

१३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् ।प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएको जनाएका छन् ।