लागु औषध कारोबारमा संलग्न थप दुई जना पक्राउ



बासुदेव शर्मा, जाजरकोट । 

लागु औषध कारोवारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । भेरी नगरपालिका २ डिगाका ५० बर्षिय चक्र बहादुर थापा र भेरी नगरपालिका ४ का विजय भारतीलाई प्रहरीले बुधाबार पक्राउ गरेको हो ।

लुकाईछिपाई अवैध लागु औषध चरेश लिन थालेका एक भारतीय सहित दुई जनालाई गत शनिवार प्रहरीले पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर मार्केटका ३१ बर्षिय मुताबिन अहमद र नेपालगन्ज उपमहानगरपालिका ११ का २० बर्षिय उबेद खानलाई शान्ति चौतारा बसपार्कबाट एक किलो चरेश सहित पक्राउ गरिएको हो ।लागु औषध चरेस सहित पक्राउ परेका दुई जनाको बयानका आधारमा चरेश ओसारपसारमा संलग्न भएको आरोपमा चक्र बहादुर थापा र भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरिक्षक मधु कुमार थापाले बताउनु भयो ।

जिल्ला अदालत जाजरकोटबाट उनीहरुलाई १२ दिनको म्याद दिएर थप अनुसन्धान गर्न आदेश दिएको छ । थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख थापाले बताउनु भयो । थापा कालिका आधारभुत विद्यालय भेरी नगरपालिका २ डिगाका शिक्षक हुन ।पछिल्लो समय जाजरकोट प्रहरीले अनुसन्धानमा सक्रियता बढाएको छ । दिन प्रतिदिन चोरीका मोटरसाईकल, हराएका निर्माण सामाग्री, फेला पारि सम्वन्धित व्यक्तिलाई बुझाउने गरेको प्रहरीले समय समयमा अवैध घरेलु मदिरा, अफिम खेती, गाँजा खेती नष्ट गर्दै जनचेतना मुलक कार्यक्रम तिव्र रुपमा गर्दै आएको प्रहरी प्रमुख थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्