टिपर ब्यवसायीको निधनमा परिवारलाई सहयोग

ब्यवसायीको समस्याः ‘दिउसो टिपर चल्दैन, राति कार्यालय खुल्दैन’



मोतीराम तिमल्सिना, काभ्रे । 

बागमती टिपर व्यवसायी संघ काभ्रेले संघमा आवद्ध भई नियमित मासिक शुल्क बुझाउने गाडी धनी सदस्यको कुनै पनि किसिमबाट निधन भएको अवस्थामा निजको परिवारलाई राहत स्वरुप तीन लाख दिने नवौ बार्षिक साधारण सभाको निर्णयलाई कार्यान्वयन गरेको छ । संघले दुर्घटनामा सदस्यहरुको निधन भएमा १० लाख रुपैयाको विमा गराएको छ ।

संघले बुधबार एक कार्यक्रमका साथ सदस्य नरबहादुर कार्कीको परिवारलाई अध्यक्ष प्रेम लामा सहितका पदाधिकारीहरुले तीन लाखको चेक हस्तान्तरण गर्नु भएको छ । काठमाडौ महानगरपालिका वडा नम्वर ६ बौद्ध सिमलटार निवासी कार्कीको कोभिडका कारण २०७८ जेठ २ गते निधन भएको थियो । कार्कीको नाममा रहेको प्रदेश ३ ०–१–००३ क ५६२८ नम्वरका गाडी सघंमा आवद्ध छ । संघले ब्यवसायी र ब्यवसायको हितका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत सामुहिक हितका लागि कार्य गरिरहेको अध्यक्ष लामाले बताउनु भयो । ८ सय वटा टिपर गाडी आवद्ध भएको संघमा ५ सय वटा मात्रै नियमित नविकरण र मासिक शुल्क बुझाउँदै आएका छन् । नेपालमै पहिलो पटक टिपर ब्यवसायी संघले सदस्यहरुको जुनसुकै कारण निधन भए पनि तीन लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।कार्यक्रममा बोल्दै अध्यक्ष लामाले टिपर ब्यवसायमा समस्या नै समस्या थपिएको बताउनु भयो । ‘सरकारले टिपर चलाउने समय राति तोकेकाले पारिवारीक समस्या चालक र सह चालकको परिवारलाई त भएकै छ त्यससँगै कानुनी जटिलताहरु पनि थपिन पुग्यो’–अध्यक्ष लामाले भन्नुभयो–‘सवारी साधनको नविकरणका लागि यातायात ब्यवस्था विभागमा स्वंय सवारी साधन पु¥याई चेकजाँच गराउनु पर्छ । दिउसो टिपर नखुल्ने राति यातायात ब्यवस्था कार्यालय नखुल्ने समस्याले हामी हैरानीमा छौं’–अध्यक्ष लामाले भन्नुभयो–‘ट्राफिक प्रहरीले जरिवनालाई अनिवार्य बैकिङ्ग प्रणालीमा गर्ने प्रस्ताव पनि यहि कारण सम्भव हुँदैन ।

बनेपा बजार भित्र जरिवनामा परेका टिपरहरुले मात्रै बैकिङ्ग प्रणालीमा सहभागि हुन सम्भव छ ।’ अध्यक्ष लामाले टिपर चालकहरुलाई कागजपत्र फेल भएकै आधारमा चालकहरुलाई कारवाही नगर्न, राति कार्यालय नखुल्ने भएकाले समयमै नविकरणका लागि सहजिकरण गरिदिन सरोकारवाला निकायलाई अनुरोध गर्नु भयो । सदस्यहरुको हितमा काम गर्ने संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै ब्यवसाय र ब्यवसायीहरुको संरक्षण, प्रर्वद्धनका साथै चालक र सहचालकहरुको जीवन सुरक्षाका लागि पनि कार्य गरिरहेको अध्यक्ष लामाले बताउनु भयो ।

संघ मार्फत सबैलाई सुविधा

संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी सदस्यको कुनै कारणबाट अंग भंग तथा पक्षघात भएमा दुई लाख रुपैया सहयोग प्रदान गर्ने निर्णय भएको कार्यालय प्रमुख प्रकाश कायश्थले जानकारी दिनुभ यो । मष्तिष्कघात, किडनी, क्यान्सर जस्ता कुनै पनि रोगको लागि एकपटक मात्र उपचार खर्च दिईने संघले जानकारी दिएको छ ।नियमित नविकरण गराएका सवारी साधन तथा सदस्यहरुका लागि मात्रै उक्त ब्यवस्था रहेको छ । चालकले चलाएको गाडीको चालु महिनाको मासिक शुल्क अनिवार्य रुपमा भुक्तानी गर्नु पर्ने ब्यवस्था गरेको छ भने सुविधाका लागि चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरि गाडी चलाएमा कुनै पनि सुविधा उपलब्ध गराउने छैन । परिचय पत्र भएता पनि संघमा दर्ता नभएको टिपर वा अन्य कुनै गाडी चलाएमा सुविधा उपलब्ध हुने छैन । संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी (सदस्य)को एका घरको परिवारको निधन भएमा संघबाट राहत स्वरुप पच्चिस हजार) गाडी धनीसदस्यलाई सहयोग गर्नेछ । एकाघरका भन्नाले पति पत्नी, आमा, बुवा, दाजू, भाई र विवाह नगरेका दिदि बहिनीलाई जनाउनेछ । संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी (सदस्य) विरामी भई कुनै पनि रोगको शल्य क्रिया गरेमा, हृदयघात, मष्तिकघात, किड्नी, क्यान्सर आदी रोग लागेको अवस्थामा उपचार खर्च बापत ५० हजार उपलब्ध गराउँदै आएको छ ।

संघमा दर्ता भएका र नियमित मासिक शुल्क भुक्तानी भई रहेका गाडीहरु दर्घटना भएमा तेश्रो पक्ष घाईते भई उपचार गर्नु परेमा तीन लख सम्म विमाबाट र औषधी उपचारको विलमा संघले थाप तीन लाख तिरीदिनेछ । त्यो भन्दा माथी खर्च भएमा संघबाट ८० प्रतिशत र गाडी धनीबाट २० प्रतिशत तिर्दै जाने, तेश्रो पक्षको मृत्यू भएमा पाँच लाख सम्म संघले तिरि दिने र सोको भुक्तानी विमाबाट संघले लिने निर्णय भएको छ । बागमती टिपर व्यवसायी संघ–गाडी धनीहरुको लागि मात्र होईन, मजदुरहरुको लागि पनि हो भन्ने मान्यतालाई मध्य नजर गर्दै बागमती टिपर व्यवसायी संघले मजदुरहरुको आउने समस्यालाई विशेष ध्यानमा राखि चालक तथा सह–चालकहरु डयूटी समयमा गाडी दुर्घटना भई मृत्यू भएमा परिवारको हकवालालाई तीन लाख संघबाट सहयोग उपलब्ध गराउने छ । चालक तथा सह–चालकको प्राकतिक (काल गतीले) मृत्यू भएमा पनि परिवारको हकवालालाई एक लाख सघबाट सहयोग उपलब्ध गराउनेछ । चालक तथा सह–चालक दुर्घटना भई अङ्ग भङ्ग भई काम गर्न नसक्ने अवस्थामा सम्बन्धित व्यक्तिलाई दुई लाख संघबाट सहयोग उपलब्ध गराउनेछ । साथै वीमाबाट पनि नियामानुसार क्षती पुर्ती पाउने छ । चालक तथा सह–चालक अन्य अवस्थामा विरामी भएमा विरामीको अवस्था हेरी बढीमा पचास हजार उपचार खर्च दिईनेछ । त्यस्तो उपचारका लागि कुनै पनि रोगको शल्य क्रिया, हृदयघात, मष्तिकघात, किड्नी, क्यान्सर भएमा उपलब्ध हुने कार्यालय प्रमुख प्रकाश कायश्थले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्