लायन्सको मोडेल भिलेजमा विविध कार्यक्रम


टंकराज अधिकारी , ​कास्की ।

लायन्स क्लब अफ पोखरा फिस्टेलद्वारा नमुना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषित कास्कीको मादी गाउँपालिका–५, ठूलास्वाँरामा यस वर्ष पनि विविधि कार्यक्रम सम्पन्न भएको छ ।​लायन्स फिस्टेल भिलेजको रूपमा स्थापित गाउँमा मंगलवार स्टेशनरी, खेलकुद सामग्री, बाल्टी, विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको क्लबका अध्यक्ष पदमबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स मोडल भिलेज कास्कीका संयोजक टिकाराम सापकोटा, अध्यक्ष केसी, क्लबका पूर्व अध्यक्षहरू, स्थानीय आमा समूह, टोल विकास संस्थाका अध्यक्ष, विद्यालयका शिक्षक विद्यार्थीलाई सामूहिक रूपमा समानहरू वितरण गरेका थिए ।​कार्यक्रममा मादी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रतन बहादुर गुरुङले क्लबले ठूलास्वाँरालाई लायन्स भिलेज छनोट गरी आयआर्जनका काम गरी गाँउलाई नमूना बनाएको खु शी व्यक्त गरी समाज परिवर्तनमा लायन्सले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।​लायन्स मोडेल भिलेज कास्कीका संयोजक टीकाराम सापकोटाले मोडेल भिलेजको अवधारणा बारे प्रकास पार्दै समुदायमा दीगो रोजगारीको अवसर र समान आर्थिक पँहुच प-याउने उद्देश्य रहेको बताउनुभयो ।

​ठूलास्वाँरा टोल बिकासका अध्यक्ष सुकमाया गुरूङ, स्थानीय समाजसेवी जगतबहादुर गुरूङ, भिमबहादुर गुरूङले कोभिडको महामारीको बिचमा पनि विद्यालय र समुदायलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै लायन्स मार्फÞत समुदायबाट उठेर मञ्चसम्म पुगेर बोल्न सक्ने हैसियत बनाएको धारणा राख्नुभयो । पछिल्लो समयमा घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी र फलफूल पुगेको उनीहरूको भनाइ छ ।​क्लबका अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बाबुराम गिरी, बसन्त प्रधान, द्वितीय उपाध्यक्ष राजेन्द्र क्षेत्री, कोषाध्यक्ष विश्व प्रधानले क्लबका गतिविधि बारे आआफÞना भनाई राखेका थिए ।​विगत ११ वर्षदेखि ठूलास्वाँरामा रहेका ६० घर परिवारलाई लक्षित गरी प्रत्येक परिवारको आय आर्जनमा वृद्वि, व्यावसायिक दक्षता अभिबृद्वि तथा रोजगारीमुलक कार्यलाई सघाउ पु-याउँदै आएको छ । क्लबले विभिन्न गैर सरकारी संघ संस्थाको सहकार्यमा स्थानीयलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आएको छ ।

​क्लबका पूर्व अध्यक्ष तिर्थलाल श्रेष्ठका अनुसार सन २०१० मा ठूलास्वाँरामा रहेका ६० घरपरिवारलाई जनही २-२ वटा बाख्रा ३ बर्षमा फिर्ता गर्ने गरी वितरण गरिएको थियो । बाख्रासँगै फलफूलका बिरुवा, डाँले घाँस, तरकारीको विउबिजन, प्रत्येक घरलाई १-१ वटाडस्विन, सोलर लाईट लगायत वितरण गरेको थियो ।​त्यस्तै ठूलास्वाँरामा रहेको श्री विद्याज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विगत १० वर्षदेखि प्रत्येक वर्ष स्टेशनरी, विद्यालय पोशाक, खेलकुद सामग्री लगायत विद्यालय भवन निर्माणदेखि फर्निचर, कम्प्यूटर, यूरोगार्ड लगायत उपलब्ध गराउदै आएको क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्टका सिनियर एडभाईजर बाबुराम गिरीले बताउनुभयो ।