मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ विगुटारमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । लु ६५ प ८०७० नम्बरको मोटरसाईकल दुर्घटनामा परि दुधकुण्ड नगरपालिका १ सोलुखुम्बु बस्ने बष २८ को मुधु छिरिङ शेर्पाको निधन भएको जिल्लाप्रहरी कार्यलय ओखलढुंगाका इन्सपेक्टर उद्धव पोख्रेलले बताएका छन ।

स्थानियहरुको भनाई अनुसार बिहानको करिब ३ बजे दुर्घटना भएको र दुर्घटनाको एकिन कारण खुल्न नकेको र अनुसधानको क्रममा रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । मोटर साईकल सडकबाट करिब ३ सय मिटर तल खसेका कारण सडकमा निकाल्न समय लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । मृतकका आफ्न्त दुर्घना स्थलमा आउने क्रममा रहेको र आफ्न्त आईपुगे पछि सव जिम्मा लगाउने जिलला ट्राफिक प्रहरी कार्यलय ओखलढुंगाका पदम प्रसाद भट्टराईले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्