लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुने पक्का,


यमलाल भुसाल , बुटवल  । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएकाे छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राजिनामा दिन प्रदेश प्रमुखको कार्यालयमा पुगेको जानकारी दिनु भयो । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाछि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन बस्नु अगावै उहाँले राजीनामा दिन जानु भएको हो । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जांदै गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पुष्टी गर्नु भयो । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । दिउसो १ बजे विशेष अधिवेशन बस्नु अघि एमाले संसदीय दलको वैठक मुख्यमन्त्रीको सरकारी निवास बुटवलमा बसेको थियो ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठवन्धनबाट पोखरेल दाङ २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैसाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । दोस्रो पटक अल्पमतमा पर्दापर्दै असंवैधानिक ढंगले नियुक्त भएको भन्दै विपक्षीले वहुमत सिद्ध गर्न वा राजीनामा दिन निरन्तर माग गर्दै आएका थिए ।लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ त्यो विपक्षी गठबन्धनसंग छ ।लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध दायर रिट निवेदनमा हिजो मात्रै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएपछि सरकारलाई थप दबाब परेको होे ।विशेष अधिवेशनविरुद्ध दायर रिट निवेदन हेर्न नभ्याइनेमा राखिएपछि सरकालाई थप संकट थपिएको हो ।योसँगै विशेष अधिवेशनबाट अविश्वासको प्रस्ताव बढ्दै छ । आज १ बजेका लागि बोलाइएको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव अगाडी बढ्नेछ । मुख्यमन्त्री शंकर पोखरेलअल्पमतमा (३८ सांसद सहित ) रहेकाले उहाँको अल्पमतको सरकार ढल्ने निश्चितप्रायः देखिएको हो ।

शंकर नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राति राजीनामा दिएका हुन् । सत्तापक्षले बैठकमा सहभागिता नजनाएपनि बैठक अगाडी बढने र कार्यसूची अनुसार प्रकिृया बढने प्रदेश सभा सचिवालयले जनाएको छ । उहाँहरुले बैठकमा आउने नआउनेवारे केही पनि जानकारी नगराएको सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविस्वासको पक्षमा मतदान गर्न ४ वटै दलले आफना सांसदलाई ह्पि जारी गरिसकेको नेपाली काँग्रेसका प्रमुख सचेतक फकुरद्दिन खाँनले बताउनु भयो । सत्तापक्ष बैठकमा आए पनि नआएपनि बैठकको कार्यसुचि अनुसार काम कारवाही अगाडी बढने र आजै नयाँँ मुख्यमन्त्री चयन हुने समेत प्रमुख सचेतक खाँनले बताउनु भयो ।विपक्षी गठबन्धनबाट अबको मुख्यमन्त्रीमा अगाडि सारिएका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी सोनाम आज नै नियुक्त हुने पक्का भएको छ । उहाँ मुख्यमन्त्री शंकर पोखरेलसँगै आन्तरिक मामिला तथा कानून मन्त्री भएर ३ वर्षभन्दा बढी सहकार्य गर्नु भएको थियोे ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै गत बैशाख ६ गते राजीनामा दिएर अविश्वासको प्रस्तावमा उहाँले हस्ताक्षर गर्नु भएको हो ।

रोल्पा–६ लिवाङ घर भएका केसी त्यहीँबाट चुनाव जित्नु भएको हो् । २०४६ सालमा नेकपा मसालबाट राजनीति शुरु गर्नु भएका केसीले आईएसम्मको अध्ययन गर्नु भएको छ् लुम्बिनीमा सत्ता परिवर्तनको निश्चिततासँगै मुख्यमन्त्री, प्रदेश प्रमुख र सभामुख माओवादीकै पोल्टामा जाने भएको छ ।