प्रदेश २ जमिन समथर: दुर्घटना उच्च्च


कृष्णउदास खनाल, वीरगन्ज ।

गएको आर्थिक वर्षभित्र प्रदेश नम्बर २ को पर्सा जिल्ला सहितका आठ जिल्लामा सवारी दुर्घटनामा परी ५ सय २३ जनाले ज्यान गुमाएका छन् । समतल भू–भागमात्र रहेको प्रदेशको पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका ८ जिल्लामा गत आर्थिक वर्ष २०७७-०७८ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सख्या उच्च देखिएको हो ।

चालकको असावधानीका कारण अधिकांश दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट भन्दा पनि उच्च देखिएको छ। चालक र पैदल यात्रीले ट्राफिक नियम पालना गरी सावधानी अपनाइदिएको भए यति धेरै मानवीय हताहती ब्यहोर्नुपर्ने स्थिति नआउने प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ ले जनाएको छ।

असार मसान्तसम्म एक वर्षको अवधिमा कुल ३ हजार ९८३ वटा सवारी दुर्घटना हुँदा उक्त संख्याका मानिसको ज्यान गएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।अघिकांश दुर्घटना चालकको लापरवाहीले भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तु जयसवालले बताएउनुभयो ।

झण्डै चार हजारजति सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर घाइते भएका छन्।उनीहरूको अवस्था गम्भीर हुँदा अरू पनि धनजनको क्षति भएको हुनसक्ने प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सवारी दुर्घटनामा परेका ४ हजार ७४ जना भने सामान्य घाइते भएका छन्।