एनआरएन सिंगिङ आइडलमा २५ प्रतिस्पर्धी छनोट

154
Shares

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । भर्चुअल माध्यमबाट भएको गाला राउन्डबाट २५ जना प्रतिस्पर्धी छनोट भएको कतारको दोहाबाट नेपाल समाचारपत्रका सहयोगीले जनाएका छन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समतिले आयोजना गरेको डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० मध्येबाट २५ जना गाला राउन्डमा पुगेका हुन् । गाला राउन्डमा गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनीता दुलाल निर्णायक रहेका थिए ।

२५ जना उत्कृष्ट प्रतिस्पर्धीमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), देवकी न्यौपाने खत्री (युएई), कविता आरबीएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अस्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जिता गोदार (अस्ट्रेलिया), कपिल पाइजा पुन मगर (आयरल्यान्ड), सागर विश्व सेञ्चुरी (कुवेत), दीपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित विष्ट (युएई), कृष्ण खवास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) छानिएका छन् ।