नन्दबहादुर रोकाया, मुगु ।
मुगु जिल्लाको एकमात्र नगरपालिकाका छायाँनाथ–रारा नगरपालिकाले चार जना अति विपन्न दलित तथा जेहनदार विद्यार्थीलाई डाक्टर बनाउन पढाउँदै आएको छ । नगरपालिकाभित्रका अति विपन्न दलित तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत दुई जनालाई बंगलादेशमा र एक जनालाई भारतमा पढाउँदै आएको हो । अन्य २३ जनालाई नेपालमै विभिन्न उच्च शिक्षा प्राविधिक अध्ययनमा सहयोग गर्दै आएको छ ।
नगरपालिको आर्थिक सहयोगमा नगरपालिकाभित्र बसोबास गर्ने अति विपन्न, पीछडिएका, एक महिला, दलित समुदायका जेहनदार २६ जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत वर्षेनी सहयोग गदै आएको छ । हिमाली जिल्ला मुगुमा शिक्षा स्वास्थ्यको क्षेत्रमा सुधार तथा पहुँचका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको नगर प्रमुख हरिजंग शाहीले बताबताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडि बढाएको उहाँको भनाइ छ ।उच्च शिक्षा पढ्न नसक्ने नगरपालिकाभित्रका विपन्न, दलित, गरिब तथा जेहनदार, पछाडि पारिएका समुदायका विद्यार्थी छनोट गरी छात्रवृत्ति सहयोग गरिँदै आएको नगर प्रमुख शाही बतानुहुन्छ । ‘छात्रवृत्ति कार्यक्रममा छनोट भएका दुई जना बंगलादेशमा र एक जना भारतमा पढेका छन् भने अन्यले नेपालमै इन्जिनियर, सीएलगायतका विषय अध्ययन गरिरहेका छन् ।’ –उहाँले भन्नुभयो ।आर्थिक वर्ष २०७७-७८ मा पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तता दिई १० लाख रकम विनियोजन गरेर २६ जनालाई छात्रवृत्ति सहयोग गरिएको छ ।
उनीहरुको पढाई खर्चमा राहतस्वरुप पहिलो वर्ष २०७४-७५ मा ८ लाख, २०७६-७७ मा १० प्रतिशत वृद्धि गरी १० लाख र २०७६-७७ मा ९ लाख रुपियाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष २०७७-८ मा नगरपालिकाले १० लाख विनियोजन गरी २६ जनालाई छात्रवृत्ति सहयोग गरेको छायाँनाथ रारा नगरपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताउनुभयो ।विनियोजित रकममध्ये बंगलादेशमा एमबीबीएस डेन्टल डाक्टर चौथो वर्षमा पढ्दै आएका छायाँनाथ–रारा नगरपालिका–५ का देवीकृष्ण विकलाई ३ लाख, बंगलादेशमै एमबीबीएस पाँचौं वर्ष पढ्दै आएका वडा नं १ की कामना मल्ललाई १ लाख र भारतमा डाक्टर पढ्दै आएकी सोही वडाकी समीक्षा मल्ललाई १ लाख रुपियाँ प्रदान गरिएको उहाँको भनाइ छ ।त्यस्तै, सुर्खेत मध्यपश्चिम विश्व विद्यालयमा बीई सिभिल इन्जिनियर चौथो वर्ष अध्ययनरत मनोजकुमार नेपालीलाई ४० हजार, बूढानीलकण्ठ प्राविधिक विद्यालय काठमाडौंमा अध्ययनरत रामकृष्ण कामीलाई ३० हजार, प्रेमबहादुर शाहीलाई १ लाख गरी २६ जना अति विपन्न दलित, जेहनदार विद्यार्थीलाई १० लाख रकम सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र रहेका विपन्न, गरिब, पीछडिएका परिवारका विद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने नगरप्रमुख शाही बताउनुहुन्छ ।छात्रवृत्ति सहयोग ग्रहण गर्दै बंगलादेशमा एमबीबीएस पढ्दै आएका देवीकृष्णका विककी आमा काली विकले नगरपालिकाले प्रदान गर्दै आएको छात्रवृत्तिले धेरै राहत पुगेको बताउनुभयो ।विककी आमाजस्तै अन्य विद्यार्थीका अविभावकले पनि नगरपालिकाले ल्याएको यस्तो कार्यक्रमले फाइदा भएको बताएका छन् । विपन्न, पछाडि परेका विद्यार्थीलाई यस्ता कार्यक्रमले राहत गरेको र अझै प्रभावकारिताका साथ यो कार्यक्रम लागू गर्नुपर्ने अविभाकको माग छ ।











प्रतिक्रिया