काँग्रेसले दियो गाँउ गाँउमा प्रशिक्षण


अमृत अर्याल (नेस) स्याङ्जा  । 

नेपाली काँग्रेस स्याङ्जाले गाँउ गाँउमा प्रशिक्षण दिन थालेको छ । जिल्लाको हरिनास गाउपालिका वडा नं. ७ मा नेपाली कांग्रेसले कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले नेपाली कांग्रेसका नीति, सिद्धान्त र बर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सबै बर्ग, जातजाती, धर्मसंस्कृतिलाई अंगाल्दै समान अवसर र ब्यवहार गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको उहाको भनाई थियो । हरेक समास्यामा समाधान गर्दे सुख र दुखमा बिचलित र उग्र नहुने नेपाली कांग्रेंसको मौलिकपनप्रति अहिले धेरैको आकर्षण बढेको जनाउनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश नं. १ को कार्यवाहक सभपाति ओम भट्ट, सहकारी बिभाग केन्द्रिय सदस्य केशवराज लम्साल, नेपाल बिद्यार्थी संघका पूर्व सभापति अर्जुन पौडेल, केन्द्रीय खेलकूद विभाग सदस्य देवकुमार मानन्धर, हरिनास गाउँपालिका सभापति टोपबहादुर चन्द, उपसभापति टोपबहादुर भुजेल लगायतले पार्टीभित्र गुटगत विचलन देखिए पनि नीतिगत राजनीतिमा कुनै मतभेद नभएको दाबी गर्नुभयो ।

तीन दशकको सत्ता अभ्यासमा काङ्ग्रेस सत्ताभन्दा बाहिर बसेर सोच्ने अवस्था आएन । कि सत्तामा वा सत्ता बाहिर रहँदा सत्तामा कसरी पुग्ने भन्ने खेलमै व्यस्त भयो । त्यसैले देशको नयाँ संरचनामा भिज्न पार्टी असफल भएको कार्यकर्ताको आरोप छ । यसले गर्दा नेताहरूले रचनात्मक भूमिकातर्फ ध्यानै दिएका छैनन् भन्ने कार्यकर्ताको बुभाई छ । पार्टीभित्रको गुटबन्दी प्रजातान्त्रिक अभ्यासमा नौलो नभएको र नेपाली काँग्रेसमा त झन् गुटबन्दीकै इतिहास रहेको कार्यकर्ताको तर्क छ । निश्चित विषयमा गुटबन्दी अस्वाभाविक हुन सक्दैन । तर व्यक्तिका लागि भइरहेको गुटबन्दीले भने पार्टी कमजोर भइरहेको छ । यो बिचलनलाई पार्टीको आगामी महासमिति बैठकमा टुङ्ग्याउनुपर्छ ।

कार्यकर्ताहरू भन्छन्, हारेका नेताहरू पछाडि हटे पार्टी सुधारको बाटोमा अगाडि बढ्न सक्छ । कतिपयको भनाइमा पार्टीभित्रको स्वार्थी समूहलाई विस्थपित नगरी सुधार सम्भव देखिदैन । कार्यकर्ता भन्छन्, “कतिपय नेताहरू लाखापाखा लागेका छन् । कोही मधेश आन्दोलनका नाममा त कोही पार्टी भित्रको विकृतीको नाममा । तिनीहरूलाई फर्काउनु प¥यो । स्थानीय तहमा नेता जन्माउनु प-यो ।”सोही कार्यक्रममा ५० जना भन्दा बढी युवाहरु नेपाली कांगा्रेसका प्रवेश गरेका छन । जनमुक्ति मोर्चा बाबुराम थापा र नेकपा एमाले हरिनासका युथफोर्स सहसंयोजक गोपी लम्सालको नेतृत्वमा झण्डै ५० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेको उपसभापति टोपबहादुर भुजेलले जानकारी दिनुभयो ।