ड्युक अफ योर्कविरुद्ध अमेरिकामा यौन मुद्दा दायर


वासिङ्टन, (एजेन्सी) । 

एकजना अमेरिकी महिलाले आफूलाई १७ वर्षको उमेरमा संयुक्त अधिराज्यमा ल्याएर ड्युक अफ योर्कसँग यौन सम्पर्क राख्न लगाइएको र आफूमाथि यौन उत्पीडन गराइएको भन्दै न्युयोर्कस्थित अदालतमा नागरिक मुद्दा दायर गरेकी छन् । भर्जिनिया गिउफ्रे नामक ती महिलाले यौन अपराधमा अभियुक्त ठहरिसकेका जेफरी एप्स्टेनलाई आफूलाई त्यस्तो क्रियाकलापमा लगाइएको आरोप लगाएकी छन् । यसैबीच, उनले बेलायती राजकुमार एन्ड्रयुले आफूलाई बेलायतको राजधानी लन्डन र न्युयोर्कमा यौन दुव्र्यवहार गरेको पनि आरोप लगाएकी हुन् ।

६१ वर्षीय प्रिन्स एन्ड्रयु प्रवक्ता महिलाले न्युयोर्कको बालपीडित कानुनअन्तर्गत दायर गरिएको यस मुद्दाबारे कुनै प्रतिक्रिया नभएको बताएकी छन् । तर, एन्ड्रयुले भने निरन्तररूपमा आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै आएका छन् । त्यतिबेला भर्जिनिया रोबर्ट्स’ नामले चिनिने गरेकी गिउफ्रेले लन्डन होम अफ एप्स्टेन एसोसियट गिस्लेन म्याक्जवेल, म्यानह्याटनस्थित एप्स्टेन्स होम्स र युएस भर्जिन आइलन्डको लिटिल सेन्ट जेम्समा आफूमाथि यौन दुव्र्यवहार भएको दाबी गरेकी छन् ।

प्रिन्सले उनको सहमतिबिना उनीसँग यौनसम्पर्क राखेको दाबी गरिएको छ । अहिले ३८ वर्षीया गिउफ्रेले ती घटनाका कारण आफूलाई मानसिक र भावनात्मक चोट पुगेको बताएकी छन् ।