पाँच विद्यार्थी संगठनले आग्रह गरेपछि परीक्षा रोकेनौ: त्रिवि उपकुलपति


ईश्वरराज ढकाल, काठमाडौं ।

केही विद्यार्थीले परीक्षा स्थगित गर्न माग गर्दै परीक्षा केन्द्रमै विरोध प्रदर्शन गरिरहेको अवस्थामा सरकार आवद्ध विद्यार्थी संगठनले आधाभन्दा धेरै विद्यार्थीले परीक्षा दिइसकेको कारण परीक्षा स्थगित नगर्न त्रिविलाई आग्रह गरेको छ ।

परीक्षा केन्द्रमा स्वाथ्य मापदण्ड पालना नगरी जबरजस्ती परीक्षा सञ्चालन गरेको आरोप लगाउदै मंगलबार विद्यार्थीले प्रदर्शन गरेका थिए । वागबजार स्थित पिके क्याम्पसमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले धडपक्कड गरेको थियो । प्रहरीले विरोध प्रदर्शन गर्ने ७ विद्यार्थीलाई पक्राउ गरेको थियो । विद्यार्थीले नाराबाजी जारी राखेपनि त्रिविले परीक्षा स्गथित गरेन ।नेविसंघका अध्यक्ष राजिव ढुंगानाले स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठसंगको भेटमा सबै परीक्षार्थीलाई भोलि बु्धबारबाट खोपको सुनिश्चितता गरिने प्रतिबद्धता जनाएपछि परीक्षाको सबै कार्यक्रम यथावत राख्न त्रिविका उपकुलपति लगायतका पदाधिकारीलाई आग्रह गरेका थियौ । सोही अनुसार परीक्षा जारी गरिएको उहाको भनाई थियो ।उहाले भन्नुभयो–लामो समयदेखि परीक्षा स्थगित हुँदा परीक्षा प्रणालीमा गम्भीर समस्या पर्ने भएको कारण नियमित रुपमा परीक्षा सञ्चालन गर्न आग्रह गरेका हौ । त्रिविले धेरै विद्यार्थी भएको परीक्षा सकिएको र थोरै संख्यामा रहेका केही विद्यार्थीको मात्र परीक्षा लिन बाकी भएको जनाएपछि परीक्षा स्थगित नगर्न आग्रह गरेका हौ–अध्यक्ष ढुंगानाको भनाई थियो ।

हस्ताक्षर गर्नेहरुमा नेविसंघका ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौका अध्यक्ष विमल पोखरेल रहेका छन् ।पाँच विद्यार्थी संगठनका अध्यक्षहरुले त्रिवि समक्ष परीक्षा स्थगित नगर्न हस्ताक्षर सहितको पत्र बुझाएपछि परीक्षा लिने प्रकृयालाई निरन्तरता दिएका छौ–त्रिविका उपकुलपति प्राडा धर्मकान्त बासकोटाले नेपाल समाचारपत्रसंग भन्नुभयो ।परीक्षा दिन मन नभएका केही विद्यार्थीले प्रदर्शनकै कारण परीक्षा स्थगित गर्न नमिल्ने उहाको भनाई थियो । ‘विद्यार्थी संगठनले नै परीक्षा नरोक्नु भनेपछि हामीले के गर्ने ? मुख्य सरोकारवालालेनै परीक्षा लिनैपर्ने दवाव दिएकोले परीक्षा स्थगित नगरेका हौ’–उपकुलपति प्राडा बास्कोटाको भनाई थियो ।

कोरोना महामारीको जोखिमका बीच पनि परीक्षा संचालन गरिएको भन्दै बागबजारस्थित पद्मकन्या क्याम्पसबाहिर विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरूले कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गरेका थिए ।केही परीक्षार्थी भित्र परीक्षामा सामेल छन् । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेशपत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएका थिए ।पिकेमा १८ कलेजको परीक्षा केन्द्र तोकिएको छ । धेरै विद्यार्थीको भीडभाडले संक्रमणको खतरा बढेको भन्दै विद्यार्थीले विरोध जनाएका छन् । त्रिविले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई यथावत गर्ने निर्णय गरेको छ ।