प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न– एमसीसी पास गर्ने कि के गर्ने ?


न्युज अफ नेपाल, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका बारेमा सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीका बारेमा कुनै पनि विषय समावेश नभएको बताए । उनले एमसीसी पास गर्ने वा के गर्ने भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।

उनले भने, ‘साझा कार्यक्रममा साना मसिना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो । एमसीसीका बारेमा संयुक्त सरकारको साझा कार्यक्रममा खै रु एमसीसी बिर्सिनुभयो कि के हो रु एमसीसी मैले त देखिन ।’

उनले भने, ‘केपी ओलीले एमसीसी पारित गनुपर्छ भनेर मेरो क्लीप खोजेर वातावरण बनाउन खोज्ने ? एमसीसी के गर्नुहुन्छ ?  भन्नु परेन । नेपाली जनताले जान्न चाहेको छ, के गर्नुहुन्छ एमसीसी? ’अहिलेको सत्तारुढ दलसँग १ सय ६५ सांसद रहेको भन्दै गठबन्धनको धारणा आउनुपर्ने समेत बताए ।