कोरोना कहरमै परिक्षा संचालन गरेको भन्दै विद्यार्थीहरुको विरोध प्रदर्शन


न्युज अफ नेपाल , काठमाडौं ।

बागबजारस्थित पद्मकन्या क्याम्पसबाहिर विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाएर मात्रै परीक्षा लिन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरूले कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गरेका हुन ।

पीकेमा १८ कलेजको परीक्षा केन्द्र तोकिएको छ । धेरै विद्यार्थीको भीडभाडले संक्रमणको खतरा बढेको भन्दै विद्यार्थीले विरोध जनाएका छन् । उनीहरूले ‘नो भ्याक्सिन नो एक्जाम’ भन्दै प्रदर्शन गरेका छन्। प्रहरीले प्रदर्शन गरेका केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।