श्रेष्ठप्रति श्रद्धाञ्जली

2k
Shares

काठमाडौं, (नेस) ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकी कार्यालय सहयोगी मैया श्रेष्ठको आइतबार निधन भएको छ । श्रेष्ठको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठलाई करिब २ हप्ताअघि कोरोना भाइरस पोजेटिभ देखिएपछि एपीएफ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो ।

ग्वार्को बस्दै आएकी स्व. श्रेष्ठका श्रीमान् र ४ छोरा छन् । श्रेष्ठको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएका छन् ।

श्रेष्ठको निधनमा राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शोक सभा आयोजना ग¥यो । श्रेष्ठको सम्झनामा एक मिनेट मौनधारण गरी दिवंगत आत्माको चिर शान्तिको कामना गरिएको थियो ।

प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीले स्व. श्रेष्ठको तस्वीरमा पुष्प गुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।