समाज रूपान्तरणमा जाजरकोटका युवा

0
Shares

वासुदेव शर्मा, जाजरकोट ।

विकृति विसंगति अन्त्य गरी समाज रूपान्तरण गर्न जाजरकोटका एक गाउँका युवाहरू एकजुट भएका छन् । भेरी नगरपालिका १३ को जिल्ला प्रशासन कार्यालय जाजरकोटमा ड्रेगन युवा क्लब नामक संस्था दर्ता गरी म्याराथन दौड प्रतियोगिताको आयोजना गरियो ।

जाजरकोटका सातवटै पालिकामा जनचेतनाका कार्यक्रममार्फत समाज रूपान्तरण गर्ने जाँड रक्सी लागु औषध दुव्र्यसनी, कुलत व्यवहारको अन्त्य कानुनले बन्देज गरेका गलत कार्य अन्त्य गरी समाज परिवर्तन गर्न क्लबमार्फत सरसफाई जनचेतनामुलक कार्यक्रम गर्न सहयोग पुग्ने भएकोले चेतनामुलक अभियान सञ्चालन गर्ने संस्थाका अध्यक्ष तुल्सीदास रोकायले बताउनुभयो । गत असार २९ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटमा ड्रेगन युवा क्लब नामक संस्था दर्ता गरी भेरी नगरपालिका १३मा एक भएको सन्देश दिन म्याराथन दौड आयोजना गरी नागरिकलाई जानकारी गराउन कार्यक्रम गरेको हो । उक्त म्याराथनमा १० जना युवाले भाग लिएका थिए । दौड प्रतियोगितामा बालाराम रोकाय प्रथम, जित बहादुर नेपाली द्वितीय र दौलत रोकाया तृतीय भए । शीर्ष तीन विजेतालाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार दिएको अध्यक्ष रोकायाले बताउनुभयो ।

भेरी नगरपालिका १३ का वडा अध्यक्ष गोपाल बहादुर बटालाले समाज रूपान्तरणमा युवाको महत्वपूर्ण भूमिका हुने भएकोल गाँउमा हुने बिकृति बिसंगति अन्त्य गर्न एकजुट भएको सन्देश दिन कार्यक्रम गरेकोमा युवालाई वडा अध्यक्ष बटालाले धन्यवाद दिनुभएको थियो ।