भूमि आयोग खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


न्युज अफ नेपाल ,काठमाडौं ।

सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलाशले आयोग विघटनबारे सरकारसँग लिखित जवाफ माग्दै निर्णय तत्काल कार्यान्वय नगर्न आदेश दिएको हो ।

अदालतले अन्तरिम अदोश सम्बन्धमा छलफलका लागि भदौ १ गते पेशी तोकी सरकार पक्षलाई पनि झिकाउन आदेश दिएको छ ।