पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला जारी


न्युज अफ नेपाल , काठमाडौं ।

नेपाली कांग्रेसको पौडेल पक्षका जिल्‍ला सभापतिहरूको बैठक सुरु भएको छ । ठमेलस्‍थित होटल यात्रीमा बिहान १० बजेबाट जिल्‍ला सभापतिहरूको भेला सुरु भएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले जानकारी दिए ।

भेलामा ४७ जिल्लाका सभापति सहभागी छन् । ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिक रूपमा सहभागी छन् भने १२ जना भर्चुअल रूपमा सहभागी भएको नेता पौडेल निकट एक केन्द्रीय सदस्यले बताए । भेलामा अधिकांश नेताहरुले महाधिवेशन र निर्वाचन लगायत विषयमा जिज्ञासा उठाइरहेका छन् ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू पनि सहभागी छन् । क्रियाशील सदस्यता विवाद टुंगो नलागेर समयमा महाधिवेशन नहुने भएछि आगामी रणानीति तय गर्न पौडेल पक्षले सभापति बैठक बोलाएको हो ।