भरुवा बन्दुकसहित एक जना पक्राउ


रामधन राई , खोटाङ  । 

साउन–२२,खोटाङमा फेरि भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेको छ । जिल्लाप्रहरी कार्यालयका टोलीले एकएक थान बन्दुकसहित तीन ब्यक्ति पक्राउ गरेको केही दिनमै ऐसेलुखर्क गाउँपालिका–३ का ५४ वर्र्षीय साङ्गे तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिबन्धित भरुवा बन्दुकलुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षक राजेन्द्रप्रसाद पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले तामाङलाई घरैबाट पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।प्रहरीले तामाङको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुकसहित एक जनाका सामाग्रीहरु समेत बरामद गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

पक्राउ परेका तामाङलाई हात हतियार खर खजना सम्बन्धी मुद्दा दर्ता गरि अदालबाट सातदिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । बुधबार पक्राउ गरिएको तामाङलाई हाल प्रहरी हिरासतमा राखेर थप अनुसन्धानगरिएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । प्रहरीले गत १२ गते भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई पक्राउ गरेको थियो ।