पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म थपियो


पाल्पा ।

गएको वैसाख १७ गतेदेखि पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म लम्व्याइएको छ । पाल्पामा दैनिक ५० जनाको हाराहारीमा संक्रमित थपिएको हुँदा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्ने निर्णय गदैै जारी निषेधाज्ञालाई ३२ गते राती १२ बजेसम्म लम्वाउने निर्णय भएको

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । यस अघि बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म खुल्दै आएका पसल अब देखि बिहान ७ बेलुका ५ बजेसम्म मात्र खुल्ने प्रशासनले जनाउको छ ।विहीवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन यस अघि निषेधाज्ञामा केही खुकुलो वनाएसँगै कोरोना संक्रमण दर बढेको भन्दै कडाइ गर्ने निर्णय गरेको हो ।यस्तै अन्य सार्वजनिक सवारी साधनहरु समेत संचालन गर्ने, अत्यावश्यक बाहेक घर बाहिर निस्कन नपाइने लगायतको निर्णय गरेको छ ।