इरानका नयाँ राष्ट्रपतिद्वारा संसद्समक्ष सपथग्रहण


तेहरान ।

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गर्नुभएको छ ।आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उहाँले राष्ट्रपतिको जिम्मेबारी लिनु भएको हो ।

इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गर्नु भएको थियो ।धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउदा नजनाउदै भएको निर्वाचनबाट उहाँलाई विजयी भएको घोषणा गरिएको छ ।

इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्वशक्ति राष्ट्रबीच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी तत्कालिन राष्ट्रपति हसन रौहानीलाई उहाँले विस्थापित गर्नु भएको छ । रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गर्नुभएको थियो ।इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिनु हुने रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि शुरु भएको छ ।इरानको न्यायपालिका पूर्व प्रमुखसमेत रहनु भएका रायसीलाई मानवअधिकार उल्लङ्लन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् ।

निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताउनु भएको छ । रायसी सन् १९६० मा इरानको मशहदमा जन्मनु भएको हो । सहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासीले बताएका छन् ।

हाल केही दिनयता भीषण मनसूनी आँधीवेहरीसहितको वर्षाले बंगलादेशलाई प्रभावित पारेको छ । मौसमविद्का अनुसार उत्तर तथा पश्चिम बङ्गलादेशमा बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन् । गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्ने गरेको पाइन्छ ।