विश्वास गरी गाडी चढे औधषीउपचारकोे सटृा बन्धकमा परे: सांसद विमला

लुम्बिनी प्रदेशका ४ विपक्षि दलले शरीर बन्धक बनाएको घटनाको भत्र्सना गरे


मुख्यमन्त्री पोखरेलको डिजाईनमा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल सहितको टोलीले सांसद विमला खत्रीलाईअपहरण गरि ‘बन्धक’ बनाएको खुलासा औषधीगर्न नेपालगंज संगै जाम भन्दै गाडीमा अमिलीया पुराएर उल्टै बुटवल ल्याईएको र बन्धक बनाएको ,आवाज आउछ भनेर टवाईलेटको चप्पल लगाएर भागेको विमलाको भनाई

यमलाल भुसाल , बुटवल । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको डिजाईनमा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल सहितको टोलीलेलुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई उनको घर दाङ तुल्सीपुरवाट अपहरणको शैलीमा बुटवल ल्याएर बन्धक बनाएको तथ्य खुलेको छ ।
नेकपा मोओवादी संसदीय दलको मुल व्यानरमा बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीको वारेमा सार्वजनीक गदै वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्दक बनाई राखेको बताउनु भयो ।

आफूले गत १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उहाँले भन्नु भयो ‘म माओवादी केन्द्रकी हो, माओवादीमै रहन्छु र छु।’यही १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र दाङका स्थानिय नेता मानबहादुर राउत वलीको तुलसीपुरस्थित घरमा पुगेको उहाँले बताउनु भयो । उहाँहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले यसअघि नै इन्कार गरेको बताउनु भयो् ।सांसद वलीले उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको बताउँदै उहाँले ‘विश्वास गरेर गाडीमा बसेंको बताउनु भयो ।’

तुलसीपुरबाट नेपालगंज जानका लागि भन्दै महेन्दै राजमार्गको अमिलिया पुराएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उहाँले भन्नु भयो्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें तरमेरो कुरा उहाँहरुले सुनु भएन । उहाँहरुले एक पटक मुख्यमन्त्री शंकरपोखरेललार्ई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासबुटवलमा पुर्याइयो ।’मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँले भननु भयो ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवास बुटवलबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उहाँले पत्रकार सम्मेलनमा बताउनु भयो् । थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको भन्दै उहाँले भन्नु भयो्, ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो थाहा छैन ।’

त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उहाँले भन्नु भयो्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेकी थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उहाँले बताउनु भएको छ् ।प्रदेशसभा सदस्य वलीका अनुसार २० गते मुख्यमन्त्री निवासबाट भाग्न सफल भएको बताउनु भयो् । मुख्यमनत्री निवाषमा मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा अटो रिक्सा चढेर पुगेको बताउनु भयो । ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें । त्यही बेला कसैलाई नदेखेपछि भागेर आएको कारुणीक पीडा उहाँले पत्रकार सम्मेलनमा सुनाउनु भयो ।’

आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उहाँले बताउनु भयो ।आफनो झोला र केही सामान अझैपनि मुख्यमनत्री निवाषमै रहेको समेत उहाँले बताउनु भयो ।सत्ता टिकाउन सांसद अपहरण गर्ने र बन्धक वनाउनेहरुलाई केकस्तो कारवाही हुने हो कस्ले कारवाही गर्ने र कस्तो कारवाही हुने हो त्यो भने सोचनिय विषय रहेको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले वलीको वास्तकिताको वारेमा जारी विज्ञप्ती पत्रकार सम्मेलनमा पढेर सुनाउनु भएको थियो ।

यता नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्रीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पु¥याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको बताउनु भयो ।सांसद विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइको भन्दै प्रदेशमा क्रियाशील विपक्षी राजनीतिक दलहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् ।त्यस्तै माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार सम्युक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई उनकै घरबाट अपहरण गरी शरीर बन्धक बनाएको घटनाको भत्र्सना गरेका छन् ।

उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र प्रमुख सचेतक भुमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा वलीलाई बन्धक बनाइएको जनाएका छन् । पोखरेल सरकारे बैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमारहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रुपमा संचालन भैआएको सर्वविदितै भएको उनीहरुले जनाएका छन् ।