सांसद विमला वलीको बयान:मुख्यमन्त्री पोखरेलको निवासमा बन्दी बनाई जबरजस्ती हस्ताक्षर गराइयो


न्युज अफ नेपाल ,काठमाडौं ।

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको बताएकी छन्। आज बिहीबार पत्रकार सम्मेलन गरी वलीले आफू माओवादी केन्द्रमै रहेको पनि बताएकी हुन्।

साउन १५ गतेदेखि उनी सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन्। आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले गत साउन १६ देखि २० गतेसम्म आफू मुख्यमन्त्री कार्यालयबाट बाहिर निस्कन नपाएको बताइन्।

‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।’