नेपाल रेडक्रसबाट स्वास्थ्य सुरक्षा सामाग्री वितरण पुनः शुरु


काठमाडौ । 

कोभिड–१९ को महामारीको संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षार्थ नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सुरक्षा सामाग्री वितरण पुनःशुरुगरेको छ ।

दीकोका–कोला फाउण्डेशनसँगको साझेदारीमा स्वास्थ्य सुरक्षा समाग्री वितरण पुनः शुरु गरेको हो ।यस अघि पनिनेपाल रेडक्रस सोसाइटीले साझेदार सोसाइटी र कोकाकोला फाउण्डेशन सँगको सहयोगमा देशैभर स्वास्थ्य सुरक्षा सामाग्री र ७ वटा भेन्टीलेटर वितरण गरेको थियो ।
नेपाल रेडक्रसले काठमाडौँको टिचिङ्ग अस्पताल माहारागंज, सशत्र प्रहरी अस्पताल बलम्बु र नेपाल मेडिकल एशोशियसनलाई सामाग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राज कर्णिकार र कोकाकोला nfsfK DuraiMurugan- Country Supply Chain Director ले सयूक्त रुपमा टिचिङ्ग अस्पतालका डा रमेश महर्ननलाई एक

कार्यक्रमकाविच शुरक्षा सामग्रीहरु हस्तान्तरणको गर्नुभएको थियो । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १२ हजार ५००थान सर्जिकल मास्क, पाँचहजार जोडी पञ्जा, ९६० बोतल स्यानिटाइजर रहेको छ ।यस्तै नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकर्णिकार ले सशत्रप्रहरी अस्पतालका उपनिर्देशक डा. मिनाकुँवर१२हजार ५००थान सर्जिकल मास्क, पाँचहजार जोडी पञ्जा, ९६० बोतल स्यानिटाइजर हस्तान्तरण गर्नुभयो ।नेपाल मेडिकल एशोसियनकाअध्यक्ष डाक्टर लोचनकार्कीलाई एशोशियसनको कार्यालयमा नेपला रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डाक्टर मनिता राजकर्णिकारले स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभएको छ ।“नेपाल रेडक्रस र दीकोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्न र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्न र क्तयउ त्जभ क्उचभबमअभियानलाई मुर्तरुपदिने एउटा प्रयास हो ।” नेपाल रेडक्रस स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकर्णिकार ले बताउनुभयो ।

आम नागरिकहरुलाई सुरक्षित राख्नअथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई दैनिकप्रयोग हुने सामाग्रीहरु धैरेमात्रमा खपत रहने र यस्ता सहकार्यबाट प्राप्त सामाग्रीहरुले थपउर्जा प्राप्तगर्ने कुरा सशत्रप्रहरी अस्पतालका उपनिर्देशक डा. मिनाकुँवरले बताउनु भयो ।नेपाल मेडिकल एशोसियसनकाअध्यक्ष डाक्टर लोचनकार्कीले नेपाल रेडक्रस सोसाइटीले महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी र स्वयंसेवकको व्यक्तिगत स्वास्थ्य सुरक्षामा पुर्याउँदै आएको सहयोग प्रशंसनिय रहेको बताउनुभयो ।यस्तै पाटन अस्पताल लगनखेल, जनमैत्रि अस्पताल बालाजुमाकार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि व्यक्तिगत शुरक्षा सामग्रीहरु हस्तान्तण गरिने निर्देशक कर्णिकारले बताउनुभयो । डा. कर्णिकार भन्नुहुन्छ, यसका अलावा साझेदारी अन्तरर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिक र स्वास्थ्य कर्मचारी, र एम्बुलेन्स चालकहरु पनि लाभान्वित हुने छन् ।

कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धि तथा नेपाल सरकारले सञ्चालन गर्ने खोप केन्द्रहरुमा नेरेसोका स्वंयसेबक परिचाल नगर्नुका साथै उमेर समुहका अति बिपन्न अपाङ्गता भएका ब्यक्तिहरुलाई खोपको सहज पँहुचका लागि यातायातको समेत ब्यबस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले कोका–कोलासँग साझेदारी गरेको छ । Stop The Spread अभियानलाई मुर्तरुप दिन नेरेसोले कोकाकोला सगंको साझेदारीमा बागमति प्रदेशका काठमान्डौ, भक्तपुर, ललितपुर, चितवन, धादिङ्ग र गण्डकी प्रदेशको कास्की, तनहु, गोर्खा, लमजुङ्ग र नवलपरासी पुर्बका जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरेको छ । सो अभियानअन्र्तगतउक्त १० जिल्लामा नेपाल सरकारले सञ्चालन गरेकाखोप केन्द्रहरुमा कार्यक्रम मार्फत ३१ हजार जना लाभा न्बित भएका छन ।

तीव्र गतिले पैलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा संक्रमण रोकाथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोग लगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तह, स्थानीय समुदाय, रेडक्रसका विभिन्न निकायहरु, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ ।