चोरीको सामानसहित तीन जना पक्राउ


ओखलढुंगा ।

नगद र जिन्सी सहितठूलो परिमाणमा चोरीको सामाग्री सहित तीन जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका ७बस्ने विरेन्द्र कटुवालाको किराना पसल चोरी भएको थियो ।

सो पसलबाट चोरी भएको सामानसहित तीन जना अभियुक्त मंगलबार पक्राउ परेकाहुन् । उनीहरु सिन्धुलीबाट पक्राउ गरि प्रहरीले ल्याएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए । पक्राउ पर्नेमा सुनकोशी गापा ७ का १९ वर्षिय सरगम बस्नेत, सुनकोशी गापा ८ का २० वर्षिय सूर्यबहादुर कटवाल र सुनकोशी गापा ७का आशिष कटवाल रहेका छन् ।

उनीहरुको साथबाट नेपाल टेलिकमको रिचार्ज कार्ड एक सयको दरको २ सय ८४ थान, टेलिकमकै ५० दरको रिचार्ज कार्डा ९० र एनसेलको ५० दरको रिचार्ज ३१ थान बरामद गरिएको छ । त्यसैगरि मोबाइल ४ थान, सिमकार्ड ५ थान, सुन जस्तो देखिने पहेंलो धातु ५ तोला बरामद भएको छ । नगद ८० हजार ८ सय ८० रुपैंया, भारु तीनहजार १ सय ७० रुपैंया र विदेशी पैसा १ हजार रहेको छ । जम्मा ७ लाख बराबरको सामाग्री बरामद गरिएको छ ।

राती पसलको आग्लो खोलेर चोरी भएको थियो । चोरी भएको रिचार्ज कार्ड प्रयोग भएको नम्बरको आधारमा मोबाइल ट्रयाकिङ गरेर उनीहरुलाई पक्राउ गरिएको डिएसपी काफ्लेले बताए ।प्रहरीस“गको बयानमा उनीहरुले चोरी गरेको स्वीकारेका छन् । अभियुक्तलाई चोरी डाका अभियोगम मुद्दा चलाईने प्रहरीले जनाएको छ ।