भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु



भक्तपुर ।

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।सुर्यबिनायक नगरपालिका–४ दधिकोटस्थित अरनिको निर्माण सामाग्री डिपोमा बा.५ ख ७८४१ नम्बरको टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर टिपरका सहचालक महोत्तरी बर्दिबास बस्ने २२ वर्षीय बिशाल तामाङको गए राति मृत्यु भएको हो ।

उक्त डिपोमा टिपरको बुम उठाई ढाला खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्