बीपी प्रतिष्ठानको आन्दोलनरत पक्ष र सरकारबीच छ बुँदे सहमति


न्युज अफ नेपाल, सुनसरी ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम प्रतिष्ठानका आन्दोलनकारीले दिएका थिए। चिकित्सक, विद्यार्थी तथा कर्मचारीले माग पूरा नभए बुधबारबाट स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए।

सरकारी वार्ता टोली र संघर्ष समितिबीच भएको सहमतिअनुसार बीपी प्रतिष्ठानको ऐनअनुसार चारै जना पदाधिकारीलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया सुरु गरिने उल्लेख छ ।