गहनाको अजीव लाइभ


बलिउड अभिनेत्री गहना वशिष्ठ सामाजिक सञ्जालमा नग्नरूपमा लाइभमा आएकी छिन्।उनले सोमबार नग्नरूपमा एक हातले आफ्नो गोप्य अंग छोप्दै आधा शरीर देखिने गरी लाइभमा आएर दर्शकसँग प्रश्न गरिन्, ‘के म अश्लील देखिइरहेकी छु ?’ गहनाले आफूले शरीरमा कुनै पनि कपडा नलगाएको दाबी गर्दै भनेकी छिन्, ‘यस्तो अवस्थामा म लाइभ आउँदा कसैले पनि अश्लील देखिएको छ भनेका छैनन् भने लुगा लगाएर मैले अभिनय गरेको भिडियोलाई पोर्न भनिरहेका हुन्छन्। यो पाखण्डीपनको हद हो। ती भिडियो कसरी पोर्न भए ? कि म भल्गर देखिएकी छु, के म चिप देखिएकी छु ?’

गहनाले पोनोग्राफी मुद्दामा पक्राउ परेर हिरासतमा रहेका राज कुन्द्राको बचाउ गर्दैै आएकी छिन्। अश्लील फिल्म बनाएको आरोपमा गत फेब्रुअरी महिनामा गिरफ्तारमा परेकी गहना जमानतामा रिहा भएकी थिइन्। गहनामाथि राज कुन्द्राको अश्लील एपको लागि अश्लील फिल्मको निर्देशन गर्ने गरेको आरोप समेत लाग्दै आएको छ।

केही दिनअघि मुम्बई प्रहरीले मुम्बईमा रहेको उनको अपार्टमेन्टमा शंकास्पद गतिविधि भएको भन्दै छानबिन गरेको थियो। गन्दी बातजस्ता वेब सिरिज, हिन्दी तथा तेलुगु फिल्म तथा विभिन्न भिडियोमा अभिनय गर्दै आएकी गहना मोडल तथा टेलिभिजन प्रस्तोतासमेत हुन्। उनी समय समयमा हट फोटोसुट तथा भिडियोका कारण चर्चामा रहने गर्दछिन्।